आजदेखि पोखरामा महानगरस्तरीय रनिङ शिल्ड तथा मेयर कप खेलकुद
६६ स्वर्ण, ६६ रजत र १०४ कास्य पदक कस्ले जित्ला ?
पाेखरा | पुस ८, २०८०
पोखरा: पोखरामा आजखेखि पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगिता २०८० आइतबारदेखि सुरू हुँदैछ ।
पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता पोखरा रंगशालामा हुनेछ । चार विधाअन्तर्गतका विभिन्न खेलमा २ सय ३६ पदकका लागि ३ हजार २ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले जानकारी दिए ।
उनका अनुसार ६६, स्वर्ण, ६६ रजत र १०४ कास्य पदकका लागि १ सय १० विद्यालयको प्रतिस्पर्धा हुनेछ ।
भलिबल छात्र/छात्रा, कबड्डी छात्र/छात्रा, एथ्लेटिक्सअन्तर्गत ट्रयाक र रिले, हाइजम्प, लबजम्प, त्रिपलजम्प, ज्याभलिब थ्रो, सटपुट, मार्सल आर्टस्अन्तर्गत कराँते, तेक्वान्दो, उसुलगायत खेल अध्यक्ष गोदारले बताए ।
भलिबलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमश; २० हजार, १५ हजार र १० हजार रुपैयाँ, कबड्डीमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमश; १५ हजार, १० हजार र ५ हजार पैयाँसहित पदक र प्रमाणपत्र पाउने समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । छात्र र छात्रा दुवैतर्फका विजेतालाई समान पुरस्कार प्रदान गरिने छ ।
एथ्लेटिक्स एकल छात्र—छात्रामा ११ जनाले ३/३ हजार, त्यसपछिका ११ जनाले २/२ हजार र बाँकी ११ जनाले १/१ हजार पाउने छन् । कराते, उसु र मार्सल आर्टस्मा १२ जनाले ३÷३ हजार, त्यसपछिका १२ जनाले २÷२ हजार र बाँकी १२ जनाले १÷१ हजार पाउने छन् । अन्य विधाका खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
एक विद्यालयबाट टिम खेलमा (भलिबल र कबड्डी) एक टिम र एकल खेल (एथ्लेटिक्स र मार्सल आर्ट) मा एक इभेन्ट/तौल समुहमा एक/एक जना खेलाडी सहभागी गराउन पाइने नियम छ ।
एक जना खेलाडी एक खेलमा मात्रै सहभागी हुन पाउने छन् तथा एथ्लेटिक्स इभेन्ट्सका प्रत्येक खेलाडीले बढीमा एक फिल्ड दुई ट्र्याक वा दुई फिल्ड एक ट्रयाक इभेन्टमा भाग लिन पाउँछन् ।
पुरस्कार, अफिसियलसहित यो प्रतियोगिता सम्पन्न गर्न सबै गरेर २३ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।
प्रतियोगिताको उद्घाटन समारोहमा मार्च पास हुनेछ । उत्कृष्ट मार्च पास गर्ने तीन विद्यालयलाई क्रमश; १२ हजार, ९ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । पहिलो दिन एथ्लेटिक्स, भलिबल र कबड्डी हुने सदस्य सचिव खड्काले जानकारी दिए ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

